Skip to main content

२०८० मासिक राशिफल - मंसिर

 वृष राशिलाई मंसिर महिना केही उतारचढावमय रहनेछ। कर्ममा विश्वास गर्नेहरूलाई पनि केही विघ्नबाधा आइरहनेछन्। वादविवादले पारिवारिक माहोल अशान्त बन्न सक्छ। घरको समस्याले आर्थिक पक्ष प्रभावित बन्ने सम्भावना छ। व्यावसायिक यात्रा र भेटघाटका अवसर भने आइरहनेछन्। आम्दानी राम्रै भए पनि खर्च बढ्नाले धन सञ्चय नहुन सक्छ। समय दिन नसक्दा पेसा–व्यवसाय कमजोर बन्नेछ। सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। सेयर तथा लगानीको मूल्य भने बढ्न सक्छ। चोटपटक वा थकानले स्वास्थ्य कमजोर रहनेछ। नोकरी तथा व्यवसायमा केही झमेला आउने सम्भावना छ। कुनै पनि जोखिमपूर्ण काममा अघि नसर्नुहोला। र अड्किएका कामतर्फ अधिक रकम खर्च नगर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा उपलब्धि प्राप्त गर्न सकिनेछ।

Comments