Skip to main content

तपाइको चैत्र माहिनाको राशिफल


वृष
२०६६ साल » चैत्र महिना » वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो
यस महिनामा सूर्य चौथो स्थानमा भएकोले तपाईको मानहानी हुन सक्छ । स्वास्थ्य समस्या, धनको हानि आदि होला । परिवारमा कलहको सम्भावना छ । सुख शान्तिमा कमी होला । आर्थिक संकट पर्ला । समस्या ठूले भए पनि नहड्बडाइकन काम गर्नु राम्रो हुनेछ । गुरुजनको परामर्शमा काम गर्नाले नोक्सानीबाट जोगिन सकिन्छ ।मंगल ग्रह तपाईको राशिको पाँचौ स्थानमा भएकाले तपाइलाई ज्वरोले आक्रमण गर्न सक्छ । स्वास्थ्यको खराबाले अशान्ति होला । आफन्तका बीचमा भगडा पर्ला । छोराको कारणले दुःख हुन सक्ला । धनको हानी होला । शत्रुबाट पीडाको सामना गर्नुपर्ला । ६ गतेबाट बुध ग्रह पाँचौ स्थानमा जानाले महिलाका तर्फबाट धोका होला । गर्मीले सताउला । शारिरिक अस्वस्थता होला । दुर्घटनाको सम्भावना छ । व्यर्थैमा क्रोध आउला । विवाद पर्ला । मानसिक चिन्ता पर्ला । मन खिन्न रहला । धन आर्जनको काममा बाधा होला । नोकरीवालाको मन दोधारे होला ।१९ गते पछाडि शुक्रका तर्फबाट केही पारिवारिक सुख सन्तोष मिल्ला । तर पनि कसैबाट न्याय पाउन गाह्रो हुनेछ । तपाईलाइ आफू एक्लो भएको महसुस होला । निरासा पैदा होला । काम गर्न जाँगर उलाग्ला । तपाईलाइ कसैले दिएको सहायता पनि निस्क्रिय हुनेछ । ठूलो काममा असफलता हुन सक्ला । धनको लाभमा सामान्य झमेला पर्ला । कर्ममा वाधा योग छ । नोकरी व्यापारमा झमेला आइलाग्ला ।