Skip to main content

जीवनफल , स्वभाव र चरित्र, प्रेम सम्बन्ध तथा राशिसँगको सम्बन्ध


वृष
वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो

जीवन फल

वृषको नामको पहिलो अक्षर्रर् इ.उ.ए.ओ.बा.बि.बु.बे.बो जन्म राशि अनुसार चन्द्र राशि । तपाईको वृषराशि हो । आफ्नो विषय भोग स्थितिमा जय, यश प्राप्ति गर्नुको साथै मंगल श्री प्राप्तिको जिज्ञासु हुनुहुन्छ । कान्तियुक्त मनमोहक चमक चेहरा, राम्रो उँचा शरिर, तपाई शत्रुलाई परास्त गर्न सक्नुहुनेछ तथा थोरै सुखी जीवन हुनेछ । माता पिताको साधाराण स्थिति हुनेछ । पितृधन, जायजेथा तपाईले भोग गर्नुहुनेछ । स्त्रीप्रेमी, विलासी वस्तुको सौख्य तपाई हुनुहुनेछ । दुवै हातले तपाई खुला खर्च गर्नु हुनेछ । कन्या सन्तानको सुख साधाराण तथा पुत्रको सुखमा बाधा योग छ । चञ्चल स्वभाव हुनेछ । खेती, बाग बगैचा तथा पशु पाल्ने काममा लाभ छ । क्षमा गर्ने शक्ति तपाईमा छ । अनेक विषयको मर्म रहस्य बुझ्न आफ्नो जीवनले भ्याएसम्म सक्षम हुनुहुन्छ । समाजमा अग्रणी भूमिका मिलाउन पनि सक्षम हुनुहुन्छ । सुखमा सम्पूर्ण कार्य तपाई पुरा गर्नुहुन्छ । दुःखको समय पुरानो रामकहानीले आनन्द लिनु हुनेछ । आफ्नो सिद्धान्तमा भाग्यको खेल तौलिनु हुन्छ । सही मार्गमा पाइला चाल्नु हुन्छ । सफल पनि हुनुहुन्छ । वृषराशिको स्वार्थपूर्ति गर्न उच्च वर्गीमा भन्दा आफू समान वर्गम आफ्नो सिमासम्म मात्र गर्नुहुन्छ । तपाईको शरीरमा गर्दन, गला, कण्ठ कुनै ठाँउमा रोग रहने हुनसक्छ । तपाईलाइ चिनीको घटिवढीबाट शीत ज्वर गुप्तेन्द्रीयको रोगले, तथा स्वादहीन हुने रोगले यदाकदा पीडा गर्नेछ ।
 प्रतिवर्ष नोभेम्बर मास र प्रतिमास ५-१०-१५-२० तारिखे शनिबारका दिन मेष, सिंह, धनु, राशि भएका व्यक्ति तथा रातो रंगको वस्त्रा आदि सो रंगको पदार्थहरु ठीक राम्रो हुदैन । तपाईको स्वभाव वैश्य तथा व्यापारीको छ । तपाईको जीवन आफ्नै कर्म फलमा निर्भर छ । उद्यम गर्नुपर्छ । भाग्यको भरमा परेर मात्र हुनेछैन । तपाईको जीवनमा राम्रो  खराब हुवै हुनेछ । आफ्नो सुख दुःखको अनुभव आफै गर्नुहोला । आम्दानीभन्दा खर्च अधिक रहनेछ । परिवारको चिन्ता बनिरहन्छ । तपाईले जन्मस्थान परै सरेर रहनु भो भने सुख शान्ति अनुभव हुनेछ । तपाई दुश्मनदेखि सावधान हुनुहोला । तपाई हानि गर्नेछन् । झगडामा बहुत शान्त रहनुहोला । मानसिक चिन्ता भएपनि बुद्धिबाट चलाखी गर्नुहुनेछ । आफ्नो बलको तागतले कही रुखो बचन पनि आउला । विशेषतः तपाईको प्रष्ट बोल्ने बानी छ । तपाई यति पराक्रमी पुरुषार्थी हुनुहुन्छ । राजसभा, राजपरिवार एवं कर्मक्षेत्रमा तपाईको इज्जत ज्यादा रहन्छ । तपाईको मिहिनेत गरेर रोजगार नोकरी तथा सानाठूला हरेक कार्यमा कठिनले गरेपनि उत्साहपूर्वक उन्नतिको मार्ग प्राप्त हुनेछ । किन्तु इच्छाअनुसार आम्दानी कम नै होला । दुश्मनहरुले दुःख दिई वादविवाद पर्दा पनि तपाई आफ्नो चलाखीबाट, कुटनीतिबाट विजयी हुने शक्ति तपाईमा छ तर तपाईलाइ जिन्दगीमा धनहानि, अशान्ति, परिवारको झमेला आदि व्यहोरी रहनुपर्नेछ  पढाइ, लेखाइमा कमै सफलता देखिन्छ । पति पत्नीमा केही  न केही कुरामा विवाद हुनेछ । कहि कहि सानासाना कुराले मनमुटाव हुनेछ । स्वामी शुक्र, वैश्यवर्णपृथ्वीतत्व, स्थिर, कोमलस्वभाव, वायुप्रकृतिको छ । सम्भोगमा अधिक रुचि, दान, धर्म पुण्य कर्ममा पवित्र हृदयको हुनुहुन्छ । चतुर्याईबाट कार्य पुरा गर्नसक्नुहुनेछ । परिश्रमले अर्थ आर्जन सम्पन्न गर्ने, विलासी, तेजस्वी, सुन्दर, मित्रबाट सुखी, राम्रो बचन बोल्ने, चंचल दृष्टि, गाना गाउने, भाषण गर्न रुचि राख्ने, कण्ठ रोगले पीडा गर्न सक्नेछ  । अनेक गुणले युक्त तपाई प्रतिष्ठित व्यक्ति हुनुहुन्छ । परिवारको सुख, दुःख, व्रि्रह, शोक तथा चिन्ता आदि जीवनको भोग गर्नुहुनेछ । सुखको लागि धेरै संघर्ष गर्नुपर्छ । घरमा फुट, धनहानि, मातापितामा कष्ट, केही कामना गर्नुपर्दा गाँउ शहरबाट स्थानान्तर हुने, र्व्यर्थ खर्च, ऋणको भार, शरिरको कष्ट आदि कुनै बखत भोग गर्नुपर्नेछ । गृह व्यवहारको झमेलाबाट सावधान हुनुहोला । मध्य उमेरमा तपाईको भाग्योदय हुनेछ । उन्नति अनुसार ज्यादा आम्दानी हुनेछ । प्रायः जीवभर कामनाको चिन्ता रहनेछ । १४ वर्षेखि १७ वर्षम्म, २८ देखि ३२ वर्षम्म तथा  ४६ देखि ५१ वर्षम्मको समयमा सावधान रहनुहोला । पेटसम्बन्धी रोगको सामना गर्नुपर्ने हुन्छ । ऋण लेनदेनको व्यवहारमा सीमा पार गर्नुपर्ने हुनेछ । तपाईको गोडामा अथवा कम्मर कुनै ठाँउमा कालो तिलको चिन्ह हुन सक्छ । त्यो लक्षण चिन्ह हो । स्त्रीसँग काफी मित्रता  हुनेछ । तर कही धोकामा पर्नुहुनेछ । तपाईले शुक्रबार गरेको काम सफल हुनेछ । सकेसम्म वृष, मिथुन, मकर, कुम्भ राशिवालासँग विवाह, दोस्ती, स्वामी, सेवक पार्टनर, सहकर्मी आदि कार्यमा ज्यादै राम्रो हुनेछ । धेरै बोल्ने बानी नगर्नु वेश हुने देखिन्छ ।

स्वभाव र चरित्र

वृष राशिको स्वामी ग्रह शुक्र हो । भूमी  तत्व प्रधान राशि हो । यो राशिवालाहरुले उत्साहका साथ स्थिर स्वभावे कार्य गर्ने। धन उब्जाउन धरै योजना बनाउने हुन्छन । उनीहरु आलस्यालाई त्याग गर्ने, काममा सावधानपूर्वक रहने थालेको काम जसरी पनि पूरा गरि छाड्ने, लोकलाई प्रभाव देखाउन, आफ्नो कार्यमा सदा र्सतर्क रहने, रहस्य पुर्याएर बोल्ने, यो राशिका नरनारी कलाप्रिय, दयालु उपकारी, अरुलाई मद्दत गर्ने, कसैको धाक धक्कुमा स्थिर र अचल भै सामना गर्ने हुन्छन् । साथै सत्यवादी र रुढिवादीको नियम, अर्काको दवाव सहन नसक्ने हुन्छन् । यिनीहरुको जीवनचक्र कहिले उच्च त कहिले नीच भएर चलिरहन्छ । यो राशि भएका मानिस मानवतावादी, आफ्नै संस्कृतिमा विश्वास गर्ने र आस्था राख्ने हुन्छन् । यिनीहरु जति सरल बन्न सक्छन् त्यतिकै कठोर बन्न पनि पछि हट्दैनन् । अरुहरुको समस्या समाधान गर्न अति सिपालु हुन्छन् । अर्थात् अर्काको काम गर्नमा सफल र सक्षम हुन्छन् । तर, उनीहरु आफ्नो समस्या समाधान गर्नमा सफलता प्राप्त गर्न सक्दैनन् । यो राशिका मानिसहरु संगीत प्रेमी हुन्छन् । सिद्धान्तको लागि यिनीहरु आफ्नो इच्छा पनि परिवर्तन गर्न तत्पर रहन्छन् । जस्तोसुकै दण्ड भोग्न पनि तयार हुन्छन् ।

प्रेम सम्बन्ध

वृष राशि हुनेहरुको प्रेम क्षेत्र हावा जस्तो पहिलै फैलिएपछि स्थिर हुन सक्छ । १० प्रतिशत व्यक्तिलाई कयौँ बखत कलहपपूर्ण जीवन विताउनु पर्छ । आफ्नो प्रेममा कसैको हस्तक्षेप हुने देखेमा घोर विरोध गर्दछन् । यिनको प्रेमप्रति ठुलो योगदान हुन्छ, दुइ स्त्री विचको प्रेम सम्बन्ध । यस राशिले प्रेम गर्दा मेषराशि सँग स्त्री हानि छ । वृश्चिकमा कलह, धनुमा अरिष्ट, मकरमा सन्तान हानि र अरुमा सामान्य छन् । यस राशिका नरनारी बडो गम्भीर मित्र र संगीत प्रेमी पनि हुन्छन् । यिनीहरु आफुप्रति सहानुभूति प्रकट गर्ने व्यक्तिसँग प्रेम गर्न चाहन्छन् । जसले गर्दा उनीहरुको  आवश्यकता पनि सजिलैसँग  पूरा गर्ने गर्दछन् । प्रेमका भोका हुनाले जसरी पनि प्रेम गर्दछन् । वुद्धिमानी तरिकाबाट कसैको मन जितेर आफ्नो प्रेमजालमा खुसीसाथ राख्न सफल हुन्छन् ।

अन्य राशिसँगको सम्बन्ध र यसबाट हुने लाभहानि

मेष राशिको मेष राशिसँग सम्बन्ध
मेष राशिसँग वृष राशिको परस्पर विरोधी विचार धारणा हुन्छ । आन्तरिक मित्र देखावटी शत्रु नै हुन्छ  तर दुवैको ज्ञान वुद्धि समझदारिमा आँच आउनेछैन । मेषदेखि वृष राशिलाई लाभ हुनेछ ।  तर वृष देखि मेषलाई हानि गर्नेहुन्छ । विवाह आदि दम्पत्तिको रुपमा कठिनले निर्वाह हुनेछ ।  यिनको बीच सानो ठूलो मतभेद भैरहन्छ । खर्च बढेर जाने हुन्छ  । आयमा बाधा दिनेछ ।  राम्रो नराम्रो दुवै काम कठिनले पूरा हुनेछ । मित्र, सहयोगी, साझेदारी कार्यमा मेष वृषको मध्यमै व्यवहार रहनेछ ।
वृष राशिसँग
वृषसँग वृष राशिको आपसमा प्रेमभाव ठीक रहन्छ ।  स्त्री पुरुषको सम्बन्ध राम्रो रहन्छ तर एकै नक्षत्रको एकै पाउ परेको चाँहि त्यति राम्रो हुँदैन ।  यदि पाउ भेद छ भने दुइमा राम्रो प्रेम रहन्छ । मेरो तेरो सवाल पनि रहदैन तर सधै मित्र वृष वृषमा नरहन पनि सक्छ । कहिलेकाही झगडा पनि हुन्छ ।  व्यापार सम्पत्तिको कारोबार आदिमा विवाद हुन्छ । स्थायी मित्रता गर्न पृथक निवास हुनुपर्दछ । स्वामी ग्रह शुक्र रहनेछ ।
मिथुन राशि सँग
वृष राशिको मिथुन राशिमा सम्बन्ध नैर्सर्गिक प्रेम हुन्छ । यी दुवै राशिवाला परस्पर आकषिर्त हुनेछन् ।  वृष राशिबाट मिथुन राशिवाला  लाभान्वित, सुखी, खुसी रहनेछन् । किन्तु मिथुनबाट वृषको केही हानी छ । पारिवारिक व्यवहारमा सम्बन्ध राम्रो रहनेछ । शारिरिक मनको सम्बन्धबाट जीवन निर्वाह हुनेछ । आर्थिक लाभ हुने बखतमा केही अवरोध हुनेछ ।  कडा बोली गरेर काम कुराको सल्लाह गर्दा परिपक्क हुनेछ ।  एकदेखि अर्को अलग भई रहन सक्नेछैन । मित्रता, व्यापार, साझेदारी कार्य मध्यम छ ।  पारिवारिक जीवन राम्रो हुनेछ ।
कर्कट राशि सँग
कर्कट राशिको वृष राशिसँग सम्बन्ध राम्रो रहन्छ ।  आपसमा ज्ञान, विवेक, बुद्धि र व्यवहारको आदानप्रदान हुनेहँदा आँटेका दुरीसम्म कुनै कार्य असमान हुन सक्छ । कर्कटको सम्पर्कबाट  वृषराशिवाला लाभान्वित हुनेछ ।  वृषको कर्कटसँग राम्रै प्रेम हुनेछ ।  आर्थिक सम्बन्धमा परस्पर सहायता हुन्छ । अन्य राशिका मानिसहरुले यिनको सीमाभित्र कैची काट्ने काम पनि गर्दछन् ।  सम्बन्धमा कटुता आउन सक्छ ।  पति पत्नीको लागि राम्रो रहन्छ । व्यापार, नोकरी आदि क्षेत्रमा दुवै परस्पर सहायक बन्नेछन्  । यिनीहरुको प्रेम सम्बन्ध गुप्त रहे राम्रो रहनेछ  ।
सिंह राशि सँग
सिंह राशिको वृष  राशिसँग सम्बन्ध सामान्य रहनेछ ।  यिनमा आकर्षण मेलमिलापको शक्ति रहन्छ ।  किन्तु सिंहको प्रति वृषलाई मानसिक चिन्ता रहन्छ ।  यिनमा परस्पर रोमाञ्चक तथ्य अधिक हुन्छ । एक अर्काको कमजोरी खोज्न दुवै प्रयत्नशील  हुनेछन् ।  वृष राशिलाई सिंह राशिले अधिक सहायता गर्ने हुन्छ ।  सिंह आफ्नो स्वतन्त्रताको अहंकारको कसैप्रति झुक्नेछैन ।  वृष सिंहको नजिक त्यति राम्रो हुँदैन । पति पत्नीको मेलमिलाप लामो समयपछि मात्र हुन्छ । लामो अन्तर पर्नेछ । पाटनरशीपमा सफलता र सहजै मेलमिलाप पनि हुन सक्दछ ।  सिंहकै अधिनमा वृषले पर्नुपर्छ ।
कन्या राशि सँग
वृष राशिसँग कन्या राशिको सम्बन्ध पोषण हुनेछ । पारिवारिक जीवन निर्वाह योग्य हुन्छ, मित्रता साझेदारी ठीक हुनेछैन । वृषको तीखो वचन कन्याले सहन सक्दैन ।  स्वार्स्थसाधनाको लागि वृष कन्याको लागि भारी हुनेछ । यदि कन्या राशि शान्त भै व्यवहार गरे वृषको लाभको अवसर राम्रो हुनेछ ।  वृषप्रति कन्या भयभित रहनेछ ।  पति पत्नीको रुपमा एउटा नरम एउटा गरम हुनाले, दुवै पृथ्वी तत्वको राशि हुनाले, स्वस्थ दाम्पत्य जीवनको निर्वाह हुनेछ ।  यिनीहरु परस्पर आशावादी रहनेछन् ।
तुला राशिसँग
वृष राशिको तुलाको आत्मीय सम्बन्ध राम्रो रहन्छ । प्रेम सम्बन्ध राम्रो हुन्छ । अति नजिकको सम्बन्ध रहन्छ  । दुइको व्यवहार राम्रो, क्षेत्र ठूलो हुन्छ ।  स्थार्थले अहंकार पैदा भएमा सम्बन्ध टुट्न सक्छ  ।  आर्थिक, व्यावहारिक, व्यापारिक वा सम्पत्ति नीतिका कुरा चल्दा कचिंगल भएमा विरोध वा बदला लिने इच्छा गर्नेछन् । यिनीहरुको पारिवारिक सम्बन्ध चाही त्यति राम्रो हुँदैन । टाढा टाढाको मित्रता राम्रो हुन्छ । पति पत्नीमा सम्बन्ध नराम्रो हुन सक्छ । तापनि एकै इश्वर परेको मघा उमेरमा राम्रो लाभ होला ।
 वृश्चिक राशिसँग
वृष राशिसँग वृश्चिकको सम्बन्ध रहँदा परस्पर सम्बन्ध स्थिर रहला ।  मेलमिलाप, कलह बेलाबखतमा हुँदै रहला । विरोधमा साबधान र शान्त रहनु मात्र राम्रो होला । वृषमाथि वृश्चिक राशिवालाले आफ्नो कर्तव्य सम्झनेछ । आफ्नो मार्गदर्शक सम्झनेछैन । जीवनयात्रामा व्यग्रता, कटुता वृषको लागि वृश्चिकको संकेत महत्वहीन हुनेछ । पर्याप्त हानी सहनशील रहेमा वृषको लागि वृश्चिक राशि सँगको सम्बन्ध निर्वाहसम्मको मात्र हुनेछ । राशि शत्रु नै पर्नेछ  ।
धनु राशिसँग
वृष राशिसँग धनुको सम्बन्ध अनुकुल सिद्ध हुनेछ । यिनको सम्बन्धमा चञ्चल स्वभावले गर्दा  यदाकदा खोटोपन हुन सक्छ । केही खटपट, पारस्परिक प्रेम साहस, अनुभवको शक्ति दुइमा आर्श्चर्यजनक रुपले सक्रिय रहनेछ । घर गृहस्थी कुटुम्बको दृष्टिमा यिनको सम्बन्ध छुट्न सक्छ ।  धनको प्रलयमा वृष सरल र सजक हुनु आवश्यक छ ।  पति पत्नीको रुपमा सम्बन्ध सफल हुन निकै गाह्रो छ । एक कमजोर दोस्रो सक्रिय र र्समर्थ बन्न सक्छन् । यस राशिको षटकाष्ट पर्दछ ।
मकर राशिसँग
वृष राशिसँग मकर राशिको सम्बन्ध ठीक रहन्छ जबतक मकर राशिवाला र्समर्थवान् हुन्छन् । तबतक वृष राशिवाला लाभ उठाउने प्रयत्नमा हुन्छन् । आपसमा यी दुबै राशिवाला व्यक्ति रहस्यवादी सिद्ध हुन्छन् । क्रोध, कलह, यिनको मध्यमै रहन्छ । प्रायः मित्रै हुन्छन् । पारिवारिक जीवन, सेवक स्वामीको सम्बन्धमा हर स्थितिमा वृषको संरक्षक हुन्छन् र वृषमाथि मकर राशिले शोषणले भूमिका पनि खेल्न सक्छ । यदि शत्रुता गरेर विवाद भएमा मकर राशि विजयी हुनेछ । व्यापारिक साझेदारीमा चिरकाल निर्वाह हुनेछैन । दुवै प्रेमपूर्वक रहनै कर लाग्ला । प्रेममा भने यी दुइ राम्रा नै हुनेछन् ।
 कुम्भ राशिसँग
वृष राशिसँग कुम्भको सम्बन्ध प्राय ठीक रहन्छ । वृषको शिक्षा व्यवहार, व्यापार तथा सामाजिकतामा निरन्तर प्रगतिशील रहनेछ । कुम्भ राशि प्रेरित प्रेमवाला हुनेछ । एकबाट अर्कालाई नराम्रो वाणी, विष्फोटक वातावरण भएमा पनि केहीबेरमा नियन्त्रण भई राम्रो हुनेछ । एक स्त्री र दोस्रो पुरुषमा पारस्पारिक आकर्षण हुन्छ । आपसमा विरोध त्यति हुनेछैन । सम्बन्धमा वुद्धिमानी हुनेछ । पारिवारिक सम्बन्ध भन्दा व्यावसायिक साझेदारीमा लाभ प्रेम रहनेछ । कुम्भको सम्पर्कले वृषको आत्मबल र मनोबल बढाउनेछ । आफ्नो उत्तरदायित्व महसुस हुनेछ ।

मीन राशिसँग
मीन राशिले वृषसँगको सम्बन्ध ठीक हुनेछैन । मीनबाट वृषराशिवालालाई लाभ मिल्नेछ  र उसको सुरक्षा पनि हुन्छ । किन्तु वृष राशिको उपेक्षा तिरस्कार गर्ने स्वभाव हुन्छ । वृष राशिको पुरुष कठोर स्वभावको हुन्छ । मीन राश्रि्रति वृष राशिको व्यवहार सधै रुखो रहन्छ । वृषमा भौतिकता नरमै होला । आध्यात्मिक प्रभावको लागि मीन राशिको जीवन सबै प्रेमीजनको लागि समर्पित रहनेछ । यिनको व्यापारिक साझेदारीको व्यवहार कठिन हुनेछ । पति पत्नीको रुपमा यिनको विलक्षण हित नहोला । वृषराशिको अहम्  सेखी गर्ने प्रवृतिले यी मीनराशिमा अनेक दुर्भावनाले जन्म लिनेछ । सम्बन्ध विच्छेद तकको स्थिति आउनेछ । मीनको आध्यात्मिक ज्ञानको अनुभव गर्न सकेमात्र वृष राशिले जीवन बिताउन सक्नेछ ।