वृष राशिको स्वामी ग्रह शुक्र हो । भूमी तत्व प्रधान राशि हो । यो राशिवालाहरुले उत्साहका साथ स्थिर स्वभावे कार्य गर्ने। धन उब्जाउन धरै योजना बनाउने हुन्छन । उनीहरु आलस्यालाई त्याग गर्ने, काममा सावधानपूर्वक रहने थालेको काम जसरी पनि पूरा गरि छाड्ने, लोकलाई प्रभाव देखाउन, आफ्नो कार्यमा सदा र्सतर्क रहने, रहस्य पुर्याएर बोल्ने, यो राशिका नरनारी कलाप्रिय, दयालु उपकारी, अरुलाई मद्दत गर्ने, कसैको धाक धक्कुमा स्थिर र अचल भै सामना गर्ने हुन्छन् । साथै सत्यवादी र रुढिवादीको नियम, अर्काको दवाव सहन नसक्ने हुन्छन् । यिनीहरुको जीवनचक्र कहिले उच्च त कहिले नीच भएर चलिरहन्छ । यो राशि भएका मानिस मानवतावादी, आफ्नै संस्कृतिमा विश्वास गर्ने र आस्था राख्ने हुन्छन् । यिनीहरु जति सरल बन्न सक्छन् त्यतिकै कठोर बन्न पनि पछि हट्दैनन् । अरुहरुको समस्या समाधान गर्न अति सिपालु हुन्छन् । अर्थात् अर्काको काम गर्नमा सफल र सक्षम हुन्छन् । तर, उनीहरु आफ्नो समस्या समाधान गर्नमा सफलता प्राप्त गर्न सक्दैनन् । यो राशिका मानिसहरु संगीत प्रेमी हुन्छन् । सिद्धान्तको लागि यिनीहरु आफ्नो इच्छा पनि परिवर्तन गर्न तत्पर रहन्छन् । जस्तोसुकै दण्ड भोग्न पनि तयार हुन्छन् ।
Comments
Post a Comment