मेष राशिको मेष राशिसँग सम्बन्ध
मेष राशिसँग वृष राशिको परस्पर विरोधी विचार धारणा हुन्छ । आन्तरिक मित्र देखावटी शत्रु नै हुन्छ तर दुवैको ज्ञान वुद्धि समझदारिमा आँच आउनेछैन । मेषदेखि वृष राशिलाई लाभ हुनेछ । तर वृष देखि मेषलाई हानि गर्नेहुन्छ । विवाह आदि दम्पत्तिको रुपमा कठिनले निर्वाह हुनेछ । यिनको बीच सानो ठूलो मतभेद भैरहन्छ । खर्च बढेर जाने हुन्छ । आयमा बाधा दिनेछ । राम्रो नराम्रो दुवै काम कठिनले पूरा हुनेछ । मित्र, सहयोगी, साझेदारी कार्यमा मेष वृषको मध्यमै व्यवहार रहनेछ ।
वृष राशिसँग
वृषसँग वृष राशिको आपसमा प्रेमभाव ठीक रहन्छ । स्त्री पुरुषको सम्बन्ध राम्रो रहन्छ तर एकै नक्षत्रको एकै पाउ परेको चाँहि त्यति राम्रो हुँदैन । यदि पाउ भेद छ भने दुइमा राम्रो प्रेम रहन्छ । मेरो तेरो सवाल पनि रहदैन तर सधै मित्र वृष वृषमा नरहन पनि सक्छ । कहिलेकाही झगडा पनि हुन्छ । व्यापार सम्पत्तिको कारोबार आदिमा विवाद हुन्छ । स्थायी मित्रता गर्न पृथक निवास हुनुपर्दछ । स्वामी ग्रह शुक्र रहनेछ ।
मिथुन राशि सँग
वृष राशिको मिथुन राशिमा सम्बन्ध नैर्सर्गिक प्रेम हुन्छ । यी दुवै राशिवाला परस्पर आकषिर्त हुनेछन् । वृष राशिबाट मिथुन राशिवाला लाभान्वित, सुखी, खुसी रहनेछन् । किन्तु मिथुनबाट वृषको केही हानी छ । पारिवारिक व्यवहारमा सम्बन्ध राम्रो रहनेछ । शारिरिक मनको सम्बन्धबाट जीवन निर्वाह हुनेछ । आर्थिक लाभ हुने बखतमा केही अवरोध हुनेछ । कडा बोली गरेर काम कुराको सल्लाह गर्दा परिपक्क हुनेछ । एकदेखि अर्को अलग भई रहन सक्नेछैन । मित्रता, व्यापार, साझेदारी कार्य मध्यम छ । पारिवारिक जीवन राम्रो हुनेछ ।
कर्कट राशि सँग
कर्कट राशिको वृष राशिसँग सम्बन्ध राम्रो रहन्छ । आपसमा ज्ञान, विवेक, बुद्धि र व्यवहारको आदानप्रदान हुनेहँदा आँटेका दुरीसम्म कुनै कार्य असमान हुन सक्छ । कर्कटको सम्पर्कबाट वृषराशिवाला लाभान्वित हुनेछ । वृषको कर्कटसँग राम्रै प्रेम हुनेछ । आर्थिक सम्बन्धमा परस्पर सहायता हुन्छ । अन्य राशिका मानिसहरुले यिनको सीमाभित्र कैची काट्ने काम पनि गर्दछन् । सम्बन्धमा कटुता आउन सक्छ । पति पत्नीको लागि राम्रो रहन्छ । व्यापार, नोकरी आदि क्षेत्रमा दुवै परस्पर सहायक बन्नेछन् । यिनीहरुको प्रेम सम्बन्ध गुप्त रहे राम्रो रहनेछ ।
सिंह राशि सँग
सिंह राशिको वृष राशिसँग सम्बन्ध सामान्य रहनेछ । यिनमा आकर्षण मेलमिलापको शक्ति रहन्छ । किन्तु सिंहको प्रति वृषलाई मानसिक चिन्ता रहन्छ । यिनमा परस्पर रोमाञ्चक तथ्य अधिक हुन्छ । एक अर्काको कमजोरी खोज्न दुवै प्रयत्नशील हुनेछन् । वृष राशिलाई सिंह राशिले अधिक सहायता गर्ने हुन्छ । सिंह आफ्नो स्वतन्त्रताको अहंकारको कसैप्रति झुक्नेछैन । वृष सिंहको नजिक त्यति राम्रो हुँदैन । पति पत्नीको मेलमिलाप लामो समयपछि मात्र हुन्छ । लामो अन्तर पर्नेछ । पाटनरशीपमा सफलता र सहजै मेलमिलाप पनि हुन सक्दछ । सिंहकै अधिनमा वृषले पर्नुपर्छ ।
कन्या राशि सँग
वृष राशिसँग कन्या राशिको सम्बन्ध पोषण हुनेछ । पारिवारिक जीवन निर्वाह योग्य हुन्छ, मित्रता साझेदारी ठीक हुनेछैन । वृषको तीखो वचन कन्याले सहन सक्दैन । स्वार्स्थसाधनाको लागि वृष कन्याको लागि भारी हुनेछ । यदि कन्या राशि शान्त भै व्यवहार गरे वृषको लाभको अवसर राम्रो हुनेछ । वृषप्रति कन्या भयभित रहनेछ । पति पत्नीको रुपमा एउटा नरम एउटा गरम हुनाले, दुवै पृथ्वी तत्वको राशि हुनाले, स्वस्थ दाम्पत्य जीवनको निर्वाह हुनेछ । यिनीहरु परस्पर आशावादी रहनेछन् ।
तुला राशिसँग
वृष राशिको तुलाको आत्मीय सम्बन्ध राम्रो रहन्छ । प्रेम सम्बन्ध राम्रो हुन्छ । अति नजिकको सम्बन्ध रहन्छ । दुइको व्यवहार राम्रो, क्षेत्र ठूलो हुन्छ । स्थार्थले अहंकार पैदा भएमा सम्बन्ध टुट्न सक्छ । आर्थिक, व्यावहारिक, व्यापारिक वा सम्पत्ति नीतिका कुरा चल्दा कचिंगल भएमा विरोध वा बदला लिने इच्छा गर्नेछन् । यिनीहरुको पारिवारिक सम्बन्ध चाही त्यति राम्रो हुँदैन । टाढा टाढाको मित्रता राम्रो हुन्छ । पति पत्नीमा सम्बन्ध नराम्रो हुन सक्छ । तापनि एकै इश्वर परेको मघा उमेरमा राम्रो लाभ होला ।
वृश्चिक राशिसँग
वृष राशिसँग वृश्चिकको सम्बन्ध रहँदा परस्पर सम्बन्ध स्थिर रहला । मेलमिलाप, कलह बेलाबखतमा हुँदै रहला । विरोधमा साबधान र शान्त रहनु मात्र राम्रो होला । वृषमाथि वृश्चिक राशिवालाले आफ्नो कर्तव्य सम्झनेछ । आफ्नो मार्गदर्शक सम्झनेछैन । जीवनयात्रामा व्यग्रता, कटुता वृषको लागि वृश्चिकको संकेत महत्वहीन हुनेछ । पर्याप्त हानी सहनशील रहेमा वृषको लागि वृश्चिक राशि सँगको सम्बन्ध निर्वाहसम्मको मात्र हुनेछ । राशि शत्रु नै पर्नेछ ।
धनु राशिसँग
वृष राशिसँग धनुको सम्बन्ध अनुकुल सिद्ध हुनेछ । यिनको सम्बन्धमा चञ्चल स्वभावले गर्दा यदाकदा खोटोपन हुन सक्छ । केही खटपट, पारस्परिक प्रेम साहस, अनुभवको शक्ति दुइमा आर्श्चर्यजनक रुपले सक्रिय रहनेछ । घर गृहस्थी कुटुम्बको दृष्टिमा यिनको सम्बन्ध छुट्न सक्छ । धनको प्रलयमा वृष सरल र सजक हुनु आवश्यक छ । पति पत्नीको रुपमा सम्बन्ध सफल हुन निकै गाह्रो छ । एक कमजोर दोस्रो सक्रिय र र्समर्थ बन्न सक्छन् । यस राशिको षटकाष्ट पर्दछ।
मकर राशिसँग
वृष राशिसँग मकर राशिको सम्बन्ध ठीक रहन्छ जबतक मकर राशिवाला र्समर्थवान् हुन्छन् । तबतक वृष राशिवाला लाभ उठाउने प्रयत्नमा हुन्छन् । आपसमा यी दुबै राशिवाला व्यक्ति रहस्यवादी सिद्ध हुन्छन् । क्रोध, कलह, यिनको मध्यमै रहन्छ । प्रायः मित्रै हुन्छन् । पारिवारिक जीवन, सेवक स्वामीको सम्बन्धमा हर स्थितिमा वृषको संरक्षक हुन्छन् र वृषमाथि मकर राशिले शोषणले भूमिका पनि खेल्न सक्छ । यदि शत्रुता गरेर विवाद भएमा मकर राशि विजयी हुनेछ । व्यापारिक साझेदारीमा चिरकाल निर्वाह हुनेछैन । दुवै प्रेमपूर्वक रहनै कर लाग्ला । प्रेममा भने यी दुइ राम्रा नै हुनेछन् ।
कुम्भ राशिसँग
वृष राशिसँग कुम्भको सम्बन्ध प्राय ठीक रहन्छ । वृषको शिक्षा व्यवहार, व्यापार तथा सामाजिकतामा निरन्तर प्रगतिशील रहनेछ । कुम्भ राशि प्रेरित प्रेमवाला हुनेछ । एकबाट अर्कालाई नराम्रो वाणी, विष्फोटक वातावरण भएमा पनि केहीबेरमा नियन्त्रण भई राम्रो हुनेछ । एक स्त्री र दोस्रो पुरुषमा पारस्पारिक आकर्षण हुन्छ । आपसमा विरोध त्यति हुनेछैन । सम्बन्धमा वुद्धिमानी हुनेछ । पारिवारिक सम्बन्ध भन्दा व्यावसायिक साझेदारीमा लाभ प्रेम रहनेछ । कुम्भको सम्पर्कले वृषको आत्मबल र मनोबल बढाउनेछ । आफ्नो उत्तरदायित्व महसुस हुनेछ ।
मीन राशिसँग
मीन राशिले वृषसँगको सम्बन्ध ठीक हुनेछैन । मीनबाट वृषराशिवालालाई लाभ मिल्नेछ र उसको सुरक्षा पनि हुन्छ । किन्तु वृष राशिको उपेक्षा तिरस्कार गर्ने स्वभाव हुन्छ । वृष राशिको पुरुष कठोर स्वभावको हुन्छ । मीन राश्रि्रति वृष राशिको व्यवहार सधै रुखो रहन्छ । वृषमा भौतिकता नरमै होला । आध्यात्मिक प्रभावको लागि मीन राशिको जीवन सबै प्रेमीजनको लागि समर्पित रहनेछ । यिनको व्यापारिक साझेदारीको व्यवहार कठिन हुनेछ । पति पत्नीको रुपमा यिनको विलक्षण हित नहोला । वृषराशिको अहम् सेखी गर्ने प्रवृतिले यी मीनराशिमा अनेक दुर्भावनाले जन्म लिनेछ । सम्बन्ध विच्छेद तकको स्थिति आउनेछ । मीनको आध्यात्मिक ज्ञानको अनुभव गर्न सकेमात्र वृष राशिले जीवन बिताउन सक्नेछ ।
Comments
Post a Comment