Skip to main content

Posts

Showing posts from September, 2016

२०७३ सालको बार्षिक राशि फल

यो वर्षको प्रारम्भमा केही व्यावहारिक कठिनाइहरू आउन सक्छन्। पारिवारिक विवादले काममा अप्ठ्यारो पर्न सक्छ। आफन्तहरू टाढिनेछन् भने हिस्सेदारसँग असमझदारी बढ्ने र विश्वासपात्रबाटै धोका पाइने सम्भावना देखिन्छ। साउन २२ देखि विद्याभावमा गुरुको स्थानान्तरणले स्थितिमा सुधार आउनेछ भने अड्किएको काम पनि पुनः प्रारम्भ हुन सक्छ। पढाइलेखाइमा राम्रो नतिजा ल्याउन सकिनेछ। प्रयत्न गर्दा यो वर्ष विभिन्न अवसर प्राप्त हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सकिनेछ। नोकरी प्राप्त हुने वा पदोन्नतिको योग छ। प्रेमले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ भने सन्तानसुख समेत प्राप्त हुनेछ। कृषि–चौपायामा सन्तोषजनक फाइदा नहुन सक्छ। यदाकदा पेसागत समस्या देखापरे पनि घर–घडेरी जस्ता अचल सम्पत्ति जोड्न सफल भइनेछ। रोजगार वा अध्ययनको सिलसिलामा विदेश जाने अवसर प्राप्त हुनेछ। सुखभावका राहु र दाम्पत्यभावका शनिले वर्षभरि मनमा अशान्ति एवं गृहसुखमा बाधा पुर्याउने देखिन्छ। विश्वासमा पारेर धोका दिनेहरूले सताउनेछन् भने साथीभाइसँग पनि सुमधुर सम्बन्ध कायम नहुन सक्छ। यो वर्ष भक्तिभावपूर्वक राहु र शनिको मन्त्रजप, छिन्नमस्ता एवं काली भगव