Skip to main content

Posts

Showing posts from May, 2015

२०७२ सालको बार्षिक राशि फल

यो बर्षको ग्रह गोचर त्यति अनुकूल देखिन्न । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यता धेरै आइपर्ने छन् । आम्दनी सिमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । बर्षको शुरुमा केही राम्रा लक्षणहरू देखा परे पनि विना कारणका झन्झटहरू आइरहनेछन् । निरर्थक यात्रा प्रशस्तै गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने, पति–पत्नीबीच विवाद प्रशस्तबढ्नेछ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने भएकोले मन चिन्तित हुनेछ । माता, पिता र सन्तानसँगको मतभेद अरु बढ्नेछ । पढाईमा अवरोध आउनुको साथै छिटो निर्णय गर्दा बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन । राज्यबाट पाउने सहयोग कायमै रहने र कूटनीतिक क्षेत्र बलियो रहने भएपनि शत्रु प्रशस्त हुनेभएकोले विवेकको प्रयोग गर्नुपर्ला । हड्डी, नसा र पेटका समस्या बढ्ने हुनाले खानपानलाईबर्षभरीनै ध्यान दिनुपर्ला । गोपनियतामा निरन्तर रहनु उचितछ । चरित्रसम्वन्धी आरोप आउन सक्ने भएकोले विपरित लिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र महिनामा प्रय