Skip to main content

Posts

Showing posts from March, 2010

वृष राशी

२०६६ साल » वृष राशी इ उ ए ‌ओ वा वी वु वे वो यो २०६६ साल हो । यस सालमा राहुले तपाईको राशिको तेस्रो स्थानमा र केतुले नवौँ स्थानमा भ्रमण गरिरहेका छन् । त्यस कारण राहु र केतु यस स्थानमा रहेसम्म उनीहरुका तर्फबाट तपाईलाई चिन्ता, सन्ताप, धर्मकर्ममा वाधा भए तापनि शक्ति र साहस बढ्ला । व्यवसायमा सन्तोषजनक सफलता मिल्ला । आफन्तले सक्दो सहयोग गर्लान् । विषक्षीहरुसँग सम्झौता गर्नुपर्ला । मान्यजनका तर्फाट दुःख कष्ट होला । शरिरमा कान्ति मलिन हुनेछ । केही मात्रामा हतास र निराश हुनुपर्ला । कार्त्तिक १८ गतेबाट आठौँ राहु द्धितीय स्थानमा जानाले तपाईले यदाकदा दुखी चिन्तित हुनुपर्ने अवस्था आउला । स्वास्थ्यमा समस्या आउन सक्ला । चतुष्पद बाहन एवम् पशुमा कष्ट होला । दुष्मनमाथि आफ्नो प्रभाव जमाइराख्नु उचित होला । बोली कठोर हुनेछ । बोल्दा सावधान रहनुहोला । स्वजनबाट रुखो व्यवहारको सामना गर्नुपर्ला । खर्चमा उतारचढाव होला । क्रोध र जोश ज्यादा आउला । यसको पनि नियन्त्रण गर्नुपर्नेछ । गुरु बृहस्पति दशौँ स्थानमा पहिले र त्यसपछि उल्टो गतिबाट भ्रमण गरेकोले सामान्य फल देला तापनि केही मात्रामा लाभ होला । दिनचर्या मध्यम र